फैसलाले मुलुकको लोकतान्त्रिक प्रणाली र दलीय व्यवस्थामा दीर्घकालीन असरः ओली

असार, २९ काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले गरेको फैसलाले लोकतान्त्रिक प्रणालीलाई गलत दिशातिर धकेल्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीको कार्यालयबाट देशवासीको नाममा सम्बोधन गर्दै उनले फैसलाले मुलुकको लोकतान्त्रिक प्रणाली र दलीय व्यवस्थामा दीर्घकालीन असर पर्ने बताएका छन् ।

उनले भने–‘लोकतन्त्रको रक्षा विकास र सुदृढीकरणमा यी फैसला सहयोगी रहे कि असहयोगी ? यिनले राजनीतिक स्थायित्वलाई बल पुर्‍याएको कि क्षति ? यसबाट दलीय व्यवस्था बलियो भयो कि कमजोर ? समग्रमा यो फैसलाले राजनीतिलाई अग्रगमनमा लग्यो कि पछाडि ? यसको समीक्षा भविष्यले नै गर्नेछ ।’ उनले सर्वोच्चको फैसलाको समयले अग्निपरीक्षा लिँदै जाने टिप्पणी गरेका छन् ।