असार, २९ काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपि ओलीले आफ्नो पक्षमा जनादेश हुँदा पनि र देउवाको पक्षमा परमादेशबाट सरकारबाट हट्न बाध्य भएको बताएका छन् । मंगलबार प्रधानमन्त्रीको कार्यालयबाट देशवासीको नाममा सम्बोधन गर्दै उनले सत्ताबाट बाहिरिँदा आफूलाई रत्तिभर चिन्ता नभएको समेत बताएका छन् ।
उनले भने, ‘मेरो अटल विश्वास जनतामाथि हिजो पनि थियो र आज पनि छ । जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो । परमादेशका कारण म सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु ।’







