साउन, १ काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक शुृक्रबार बस्ने भएको छ । एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीका अध्यक्षतामा नयाँ बानेश्वरस्थित व्यवस्थापिका– संसद् कक्षमा बैठक बस्दै छ ।
साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि संसदीय दलको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
गत असार २८ गते सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेर आइतबार प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो।
यसैबीच सरकारले आगामी साउन ३ गते सङ्घीय संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सो सिफारिश अनुसार साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन्।
त्यस्तै एमालेको स्थायी कमिटी बैठक पनि आजै बस्दैछ । ललितपूरको च्यासलस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा बस्ने स्थायी कमिटी बैठकको लागि माधव नेपाल र उनी पक्षका नेताहरुलाई पनि सूचना पठाइएको छ। तर नपाल समूह बैठकमा सहभागि हुने या नहुँने भन्ने विषय सार्वजनीक भएको छैन ।







