एमाले ओली पक्षका नेताहरू आन्तरिक छलफल सकेर स्थायी कमिटी बैठकतिर

साउन, ३ काठमाडौं । नेकपा एमाले ओली पक्षका नेताहरू आन्तरिक छलफल सकेर स्थायी कमिटी बैठकतिर लागेका छन् ।

आन्तरिक छलफल सकिएको जानकारी दिदै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, हामी स्थायी कमिटी बैठकमा हिडेको ।

नेकपा एमाले स्थायी कमिटी बैठक तुलसीलाल स्मृति भवन च्यासल, ललितपुरमा बिहान ११ः०० बजे बस्ने भनिएको थियोे । तर एमाले ओली र माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेकाले ढिलाइ भएको छ । उता माधव नेपाल पक्षको आन्तरिक छलफल पनि सकिएको छ ।

नेता नेपाल निवास कोटेश्वरमा बसेको माधव पक्षका नेताहरूको छलफलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिने निर्णय पनि गरेको छ ।

नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू नेता नेपालसँग छलफलमा जुटेका थिए ।