प्रधानमन्त्री देउवालाई बिश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

साउन, ३ काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपराह्न बस्ने संसद बैठकमा विश्वासको मत लिंदैछन् ।