साउन, ३ काडमाडौं । एमालेको संस्थापन पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
आइतबार तुल्तीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ‘हामीले संस्थागत निर्णय गरेका छौँ,’ प्रवक्ता ज्ञवालीले भने— ‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैनौँ ।’
यस्तै प्रवक्ता ज्ञवालीले देउवालाई विश्वासको मत दिनेहरु पार्टी नरहनेसमेत दाबी गरेका छन् । भने— ‘पार्टीको संस्थागत निर्णयभन्दा बाहिर गएर कसैले विश्वासको मत दिए त कसरी पार्टीमा रहन्छ र रु जबकि उनीहरुले पार्टीको संस्थागत निर्णय नै उल्लघंन गरेका हुन्छन् ।’







