देउवा ०६१ मा श्री ५ बाट नियुक्त भए अहिले श्रीमान ५ बाट : प्रदीप ज्ञवाली

साउन, ३ काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको दावी गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा छलफलमा भाग लिँदै ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका श्रीमान ५ बाट नियुक्त भएको टिप्पणी गरेका छन् ।