कोरोनाः वितेका २४ घण्टामा थप २२३७ जनामा पुष्टि, १८ जनाको मृत्यु

साउन, १० काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा वितेका २४ घण्टामा थप २२३७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन।

यस्तै आज २०५० जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा १८ जनाको मृत्यु भएको छ।