गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

साउन, १३ गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गुल्मीको मुसिकोट नगरपालिका–४ दोभानमा जीप दुर्घटना भएको हो ।

बुधवार बिहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप दोभानमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा र वडा नम्बर ५ हरेवाका रेशम कार्की छन् । एक जना महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।