कोरोनाः २४ घण्टामा ३३६५ जना संक्रमित, १४ जनाको मृत्यु

साउन, १४ काठमाडौं । पछिल्लो विवरण अनुसार वितेका २४ घण्टामा थप ३३६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

देशका विभिन्न प्रयोगशालामा ९ हजार ५५५ नमूनाको पिसिआर परीक्षण गर्दा २ हजार ३३५ जना र एन्टिजेन विधिबाट ४ हजार ६८७ जनाको परीक्षण गर्दा १०३० मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज १३७३ जनाले कोरोनालाई जितेका छन्। संक्रमणका कारण १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यो सहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८०७ पुगेको छ।

आज काठमाडौं उपत्यकामा ८६० जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ५९७, ललितपुरमा १५५ र भक्तपुरमा १०८ जना रहेका छन्।