एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

साउन १६, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

दिउँसो तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकले केन्द्रीय विभागहरुलाई पूर्णता दिने बताइएको छ । त्यस्तै बैठकमा विधान महाधिवेशन तयारी र सदस्यता नवीकरणलगायतका विषय छलफलका एजेन्डा रहेको केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले बताए ।

माधव नेपाल पक्षसँग सहमतिका लागि लामो समयदेखि बैठक बसेको थिएन । यसबीचमा धेरै प्रयास भए पनि पार्टीलाई निष्क्रिय राख्न नमिल्ने भएकाले बैठक बोलाइएको उनले बताए ।