साउन १६, काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी ओलीले वरिष्ठ माधव नेपाललाई पार्टीमा कुनै पनि ठाँउ नभएको बताएका छन् ।
शनिबार एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अब नेपाललाई पार्टीमा ठाँउ नदिइने समेत स्पष्ट पारे। ओलीले नेपाललाई देशद्रोहीको संज्ञासमेत दिएका छन् ।
माधव नेपालकै कारण आफू नेतृत्वको सरकार ढलेको ओलीको आरोप छ।
पार्टीको सरकारविरुद्ध कुठाराघात भएको र अभियानमा गम्भीर रूपमा ब्रेक लागेको ओलीको भनाइ थियो ।
पार्टीमा खुट्टा तान्नेहरूलाई बाहिर पठाइने ओलीको भनाइ थियो।







