एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै

साउन, १८ काठमाडौं । नेकपा(एमाले)को स्थायी कमिटी आज पनि ३ बजे बस्दै छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने आजको बैठकमा पनि केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशन र सांगठनिक गतिविधिलगायतका विषय छलफलका हुनेछ।

आजको बैठकले यसअघि माधव नेपाल समूहलाई बाहिर राखेर गठन गरिएका विभागलाई नै पूर्णता दिने बुझिएको छ ।