साउन, २० काठमाडौं । आज सत्तारूढ गठबन्धन कार्यदलको बैठक बस्दै छ । विहान ९ बस्ने बैठकले सत्तारुढ गठबन्धन कार्यदलको बैठकले गठबन्धनका तर्फबाट सरकारका न्युनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउने बताइएको छ ।
मन्त्रिपरिषदलाई पूर्णता, मन्त्री छनोट गर्ने मापदण्ड, संवैधानिक तथा राजनीतिक नियुक्ति सम्बन्धी कार्यविधि, आचरण र नीतिसहित प्रतिवेदन तयार पार्न कार्यदल बैठक क्रियाशील छ।
आजको बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए ।







