नेपाल चेम्बर अफ कमर्सअन्तर्गत सूचना प्रविधि समिति गठन

साउन, २२ काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत सूचना प्रविधि समिति गठन गरिएको छ । रत्न तारा तुलाधरको सभापतित्वमा समिति गठन भएको जनाइएको छ । तुलाधर चेम्बर कार्य समिति सदस्य हुन् ।

समितिका सल्लाहकारहरुमा विदोद ढकाल र दीपेश प्रधान तथा सदस्यहरुमा प्रदीप लामिछाने, अकवर हुसेन, सञ्जीवकुमार श्रेष्ठ, सन्तोष राजभण्डारी, मोना न्याच्छों, दीपेश हाडा, राजन कर्माचार्य, हेमन्त बराल र नवीन जोशी मनोनित भएका छन्।

नेपाल चेम्बरका अध्यक्ष राजेन्द्रले मनोनित सबैलाई मनोनयन पत्र प्रदान गरेका छन्।

अध्यक्ष मल्लले यस क्षेत्रको प्रवर्द्धनका लागि सूचना प्रविधि क्षेत्रसँग आबद्ध सबै निकाय लाग्नुपर्ने बताए। ‘यस समितिमा नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा लामो अनुभव हासिल गर्नुभएकाहरुको प्रतिनिधित्व भएकोले चेम्बरको सूचना प्रविधिको क्षेत्रमा गरिने प्रयासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अपेक्षा राखेको छु’, उनले भने, ‘सबैलाई कार्यकालको सफलताको कामना पनि गर्छु।’