असोज १, दाङ ।
श्रीमती हत्या गरेको अभियोगमा जेल बसेर निस्किएका एक व्यक्तिले छोरीलाई बलात्कार गरेका छन् । दाङको बंगलाचुली गाउँपालिकाका ती व्यक्तिले १३ वर्षिया छोरीको बलात्कार गरेको बालिकाका आफन्तले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
उनले जेठी श्रीमतीको हत्या गरी कैद भुक्तान गरी निस्केपछि विगत दुई वर्षदेखि छोरीमाथि यौन शोषण गर्दै आएका थिए । बालिकाले पत्रकार सम्मेलनमा ६२ वर्षिय आफ्नै झड्केलो बाबुबाट बलात्कृत भएको बताएकी छिन् ।
डरत्रास देखाएका कारण अहिलेसम्म बाहिर कसैलाई नभनको उनले बताइन् । आफन्तका अनुसार उनमा शारीरिक र मानसिक समस्या देखिएको छ । घटनामा प्रहरीले जाहेरी लिइ अभियुक्तलाई पक्राउ गरिसकेको जनाएको छ ।







