असोज, २५ झापा । गए राति झापाको बिर्तामोडमा मासु व्यवसायीको हत्या भएको छ ।
घाँटी र हातमा धारिलो हतियार प्रहार गरी ती मासु व्यवसायीको हत्या गरिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ ।
बिर्तामोड– ५ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका अर्जुनधारा ६ कप्तानबारी घर भएका अन्दाजी ५० वर्षीय इन्द्रक़ुमार
मगरको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।
पसलमै बसेको बेला राति करिब ८ बजे उनको हत्या भएको स्थानीयबासीले बताएका छन्।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







