पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा माओवादी केन्द्र सम्बद्ध वाइसीएल अध्यक्ष्यसहित ठुलो संख्यामा एमाले प्रवेश गरेका छन् । पालिकाका वाइसीएल कमिटी अध्यक्ष्य सन्तोष नेम्वाङ र नेपाली कांग्रेस फाल्गुनन्द २ वडा कमिटी सहसचिव हेम प्रकाश नेम्वाङ एमाले प्रवेश गरेका हुन् । उनीहरूसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रापा लगायतका करिब ५० जना पार्टी प्रवेश गरेका हुन् ।
एमाले फाल्गुनन्द गाउँपालिकामा २ र ३ वडा कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व मन्त्री वसन्तकुमार नेम्वाङ, संविधान सभा सदस्य आइन्द्र सुन्दर नेम्वाङ, एमाले पार्टी अध्यक्ष्य राजकुमार भण्डारी, फाल्गुनन्द गाउँपालिका अध्यक्ष वीर बहादुर कुरुम्वाङ लगायतले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।
वाइसीएल गाउँपालिका अध्यक्ष्यसहित ठूलो संख्या एमालेमा प्रवेश







