असोज, २७ काठमाडौं । पछिल्लो विवरण अनुसार थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३ हजार ६ सय ७१ पीसीआर परीक्षण गर्दा ३२६ जना र १ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा ३९ गरी ३६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने ६०९ जना निको भएका छन् ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ३ हजार ८७८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको छ भने ७ लाख ७८ हजार ३५० जना संक्रमणमुक्त भएका छन् ।







