रामचन्द्र पौडेल पक्षको केन्द्रीय समिति बैठक आज बस्दै

कात्तिक, २५ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक आज दिउसो २ बजे बसने भएको छ ।

कांग्रेस केन्द्रीय कमिटी बैठक आइतवार बस्दैछ । सो बैठक बस्नुअघि वरिष्ठ नेता पौडेलले आफु निकट केन्द्रीय सदस्यहरुको बैठक गर्न लागेका हुन् ।

आइतवार बस्ने केन्द्रीय कमिटी बैठकको सम्बन्धमा छलफल गरिने जनाइएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदै छ ।