नेपाल आइपुग्यो रेल, जनकपुरमा रेल हेर्नेको भीड

असोज २, जनकपुरधाम ।
प्रदेश नं. २ को राजधानी जनकपुरमा रेल आइपुगेको छ । शुक्रबार दिउँसो आएको रेल हेर्न स्थानीयको भीड लागेको छ ।

भारतबाट आउन लागेको रेल हेर्न मान्छे बिहानैदेखि भेला भएका थिए । बालबालिकादेखि वृद्धसम्म रेल आउने कुराले उत्साहित थिए ।

बिहानै आउने भनिएको रेल दिउँसोसम्म नआउँदा पनि स्थानीय भोक प्यास बिर्सेर रेल कुरेर बसेका थिए । कतिपय त बिहान ६ बजेदेखि नै स्टेशनमा आएर बसेको बताउँछन् ।

भीड बढ्दै गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले एउटा इञ्जिन र ४ बोगिसहितको रेल नेपाल ल्याइएको बताए । उनका अनुसार पछिल्लो एक महिना यता उक्त रेल बिहारको हाजिपुरमा पार्किङमा राखिएको थियो ।