असोज २, काठमाडौं ।
शुक्रबार हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार २ हजार २० जनामा संक्रमण भेटिएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै डाक्टर जागेश्वर गौतमले यो जानकारी दिएका हुन् । उनका अनुसार अब नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा ८ सय ७१ जना कोरोनामुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १७ हजार तीन सय ८३ रहेको बताइएको छ ।






