असोज २, बुटवल ।
कोरोना रिपोर्ट ढिला आउँदा एक युवकले आत्महत्या गरेका छन् । मृतकमा रुपन्देहीको देवदह नगरपालिकाका २५ वर्षिय पिताम्बर पाण्डे रहेको बताइएको छ ।
उनले बुधबार साँझ झुन्डिएर आत्महत्या गरेको बताइएको छ । उनी १४ दिन अघि भारतको मुम्बइबाट नेपाल फर्किएका थिए ।
उनीसहित क्वारेन्टाइनमा बसेका सबैको रिपोर्ट नेगेटिभ आएको छ । एउटै क्वारेन्टाइनमा बस्दै आएका अन्य व्यक्तिका अनुसार रिपोर्ट आउन ढिला हुँदा उनमा आफू संक्रमित रहेको भन्दै चिन्ता बढ्दै गएको थियो ।
सोही मानसिक तनावका कारण आत्महत्या गरेको हुनसक्ने परिवार निकट स्रोतले जनाएको छ ।







