मंसिर, ६ काठमाडौं । नेकपा (एमाले)ले आजका लागि स्थायी कमिटी बैठक बोलाएको छ । तुलसीलाल अमात्य प्रतिष्ठानमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाइए एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
आजको बैठकमा महाधिवेशनका लागि केन्द्रीय कमिटीले छनोट गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधिका बारेमा छलफल हुने बताइएको छ । एमालेको महाधिवेशन मंसिर १० गतेदेखि चितवनमा हुँदैछ ।







