असोज ३, काठमाडौं ।
अवैध नेटवर्किङ धन्दाबाट ठगिएको भन्दै वाणीज्य विभागमा उजुरी परेको छ । वाणीज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्जनभन्दा बढी संस्था र व्यक्तिहरूमाथि उजुरी परेको बताइएको छ ।
काठमाडौं उपत्यका मात्र नभइ बाहिरका जिल्लाबाट समेत उजुरी परेको बताइएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले भने, ‘उपत्यकासहित, झापा र तराईका जिल्लाबाट धेरै उजुरी आएका छन् । विभागले गत बिहीबार सूचना जारी गर्दै यस्ता ठगी धन्दा नचलाउन सचेत गराएका थियो ।
विभागले उजुरीलाई गम्भीरतापूर्वक लिएको बताएको छ । साथै उजुरीउपर छानबिन भइरहेको र गल्ती गरेको भेटिए कारवाही गर्ने विभागको भनाइ छ ।






