देश बनाउन एकल बहुमत ल्याउनु पर्ने छ : अध्यक्ष ओली

मंसिर, १० चितवन । नेकपा (एमाले)का अध्यक्ष तथा केपी शर्मा ओली एकल बहुमत ल्याउनु पर्ने बताएका छन् । चितवनमा आजदेखि शुरु भएको दशौँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले अबको चुनावमा एकल बहुमत ल्याउनु पर्ने बताएका छन् ।

उनले एमालेका लागि मात्र नभएर देशका लागि एमालले एकल बहुमत ल्याउनु पर्ने बताएका हुन् ।

उनले अन्य दलहरु चुनावमा जानसमेत डराएको बताएका छन् ।

आजदेखि शुरु भएको अधिवेशनमा देशभरका नेता कार्यक्रता भेला भएका छन् ।

महाधिवेशनमा देश विदेशका अन्य पार्टी प्रमुख तथा प्रतिनिधिहरुसमेत सहभागि छन् ।