मंसिर, १२ जाजरकोट । नेपालगन्जदेखि राडिबजार जाँदै गरेको ७ ख २७५७ नम्वरको रात्रि बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको छ ।
दुर्घटना मा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।
मृतकहरुको सनाखत हुन बाँकी छ । घाइतेहरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको प्रहरीले जनाएको छ।
घाइते र मृतकहरु नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका रहेको बताइएको छ।
दुर्घटनास्थल जाजरकोट सदरमुकामबाट करीब ११ किलोमिटर पश्चिममा पर्दछ । बस सडकबाट करीब दुई सय मिटर तल खसेको छ ।







