कांग्रेस सभापतिको निर्वाचनः ५१ प्रतिशत नपुगेपछि दोस्रो चरणको निर्वाचन आजै

मंसिर, २८ काठमाडौं । नेपाली कांग्रेसको सभापतिको निर्वाचन दोस्रो चरणमा पुगेको छ । कुनै पनि उम्मेदवारको ५१ प्रतिशत नपुगेपछि निर्वाचन दोस्रो चरणमा हुने भएको हो ।

कुल ४६८१ मत खसेकोमा ७७ मत बदर भएको मिडिया सेन्टरका सुरेश आचार्यले बताए । देउवाले कुल मतको ४८ दशमलब २३ प्रतिशत मत प्राप्त गरेका छन् । जित्नका लागि ५० प्रतिशत मत कटाउनुपर्छ ।

निर्वाचनमा ७७ मत बदर भएको छ । दोस्रो चरणको निर्वाचन आजै हुनेछ ।