शुक्रबार सुनको मूल्य २ हजार ५०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। पछिल्लो एक सातादेखि निरन्तर घटिरहेको सुनको मूल्य बिहीबारदेखि पुनः बढ्न थालेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको छ। यससँगै शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँ मा कारोबार भइरहेको छ।

बिहीबार सुनको मूल्य ७ हजार ६०० रुपैयाँले बढेर ३ लाख ४ हजार ९०० रुपैयाँ पुगेको थियो। त्यसअघि बुधबार सुनको मूल्य ८ हजार ८०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँ मा झरेको थियो।

मंगलबार सुन ५०० रुपैयाँले घटेर ३ लाख ६ हजार १०० रुपैयाँ मा कारोबार भएको थियो। सोमबार २ हजार ४०० रुपैयाँले घटेर ३ लाख ६ हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्य आइतबार ९ हजार ५०० रुपैयाँले घटेर ३ लाख ९ हजार रुपैयाँ मा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

बिहीबार चाँदीको मूल्य १४५ रुपैयाँले बढेर ४ हजार ७२५ रुपैयाँ पुगेको थियो। बुधबार भने चाँदी १८५ रुपैयाँले घटेर ४ हजार ५८० रुपैयाँ मा कारोबार भएको थियो।

त्यसअघि मंगलबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर ४ हजार ७६५ रुपैयाँ कायम भएको थियो। सोमबार चाँदी ४ हजार ७८० रुपैयाँ मा कारोबार भएको थियो भने आइतबार यसको मूल्य १८५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ कायम भएको थियो।