ब्रिटिस क्याम्पभित्र इन्सपेक्टर नरेश शाहीको सडक सुरक्षाबारे बयान

लक्ष्मण गजुरेल
मंसिर, २९ काठमाडौँ ।
ट्राफिक प्रहरी कार्यालय सातदोबाटोका प्रमुख नरेश शाही पछिल्लो समय ट्राफिक नियमबारे क्लास दिन व्यस्त छन् ।

मानिसको जिवन र मृत्यु संग जोडिएको विषय भएकाले सडक सुरक्षा र ट्राफिक नियम सबैले बुझ्न आवश्यक रहेको शाहीको भनाई छ ।

ब्रिट्रिस गोर्खाज नेपालको आयोजना संचालित सडक सुरक्षा कार्यक्रममा ब्रिटिस गोर्खा सेवामा सक्रिय नेपालीहरुलाई शाहीले सडक सचेतना सम्बन्धि प्रशिक्षण दिएका छन् ।

डक सुरक्षाको सम्बन्धमा जानकारी गराउन र सडकको ज्ञानबारे शिक्षित बनाउने उद्देश्यले कार्यक्रम राखिएको ब्रिट्रिस गोर्खाज नेपालले जनाएको छ ।

शाहिले सातदोबाटो प्रमुख भएदेखि सडक सुरक्षालाइ पहिलो प्राथमिकता दिदै नागरिक सचेत बनाउने अभियानमा आफु रहेको बताएका छन् ।