पुस, ४ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आइतबार दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।
सर्वदलीय बैठक बालुवाटारमा बैठक बस्ने भएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ ।
तर प्रमुख प्रतिपक्षि दल एमाले भने बैठका नजाने भएको छ ।







