असोज ५, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार देशका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र, पश्चिम उत्तरतर्फ सर्ने क्रममा रहेको हुँदा यसले नेपालमा वर्षा गराउने विभागको अनुमान छ । यसैकारण सोमबारदेखि शुक्रबारसम्म सचेतता अपनाउन आग्रह गरिएको छ ।
विभागले जारी गरेको बुलेटिनमा मेघ गर्जन र चट्याङसहित शुक्रबारसम्म वर्षा हुने बताइएको छ । त्यसैकारण बाढी पहिरोको जोखिम रहेको क्षेत्रमा वर्षाजन्य जोखिम कम गर्न आवश्यक सावधानी अपनाउनुपर्नेछ ।







