खुर्पा प्रहार गरी ज्वाइँले गरे ससुराको हत्या

असोज ५, नवलपरासी ।
ससुरामाथि ज्वाइँले खुर्पा प्रहार गर्दा उनको ज्यान गएको छ । बर्दघाट सुस्तापूर्वमा कावासोती नगरपालिका–१५ मा ३१ वर्षिय सुवास मगरले खुर्पा प्रहार गरी ससुराको ज्यान लिएका हुन् ।

मृतकमा ७३ वर्षिय विष्णु राई छन् । उनको घाँटीमा आइतबार राति मगरले प्रहार गरेका थिए । गम्भीर घाइते राईको उपचारका क्रममा मध्यबिन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी कार्यालय कावासोतीका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जानकारी दिए ।
हत्यामा संलग्न मगरसमेत सामान्य घाइते भएका छन् । उनले ससुरालाई खुर्पा प्रहार गरेपछि आफैले आफैलाई हानेर घाइते बनाएको हुनसक्ने प्रहरीको भनाइ छ । घाइते मगरको प्रहरीको निगरानीमा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।