आजबाट आन्तरिक उडान खुला

असोज ५, काठमाडौं ।
आजबाट आन्तरिक उडान सञ्चालनमा आएको छ । सरकारले गरेको निर्णय अनुसार सोमबारबाट आन्तरिक हवाइ उडान सञ्चालनमा आएको हो ।

हालका लागि २५ प्रतिशत उडान मात्र सञ्चालनमा छन् । भाडादर बढाइएको छैन भने निश्चित सुरक्षा मापदण्ड पालना गर्न सेवा प्रदायकलाई भनिएको छ ।

सडक यातायातमाझैं एउटा सिट खाली राख्ने निर्णय नभएकाले भाडादर नबढाइएको हो । सरकारले असोज १ बाटै खोल्ने निर्णय गरेको भए तापनि हवाइसेवा सञ्चालकले तयारी पुरा नभएको बताएका थिए ।

त्यसपछि दुवै पक्षबीच वार्ता भइ असोज ५ बाट हवाइ सेवा सञ्चालन गर्ने सहमति भएको थियो । हवाइ सेवाका यात्रुहरूले आफू स्वस्थ भएको घोषणा गर्नुपर्नेछ भने मास्क अनिवार्य गरिएको छ ।