१७ माघ, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल खुला विश्वविद्यालयको उपकुलपतिमा डा. शिलु मानन्धर बज्राचार्यलाई नियुक्त गरेको छ। यस निर्णय सँगै डा. शिलु मानन्धर नेपाल खुला विश्वविद्यालयको पहिलो महिला उपकुलपति भएको छ ।
शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले मानन्धरसहित मनप्रसाद वाग्ले र ईन्द्र कार्कीको नाम सिफारिस गरेको थियो ।







