कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग

 काठमाडौं — भेटेरिनरी क्षेत्रमा सक्रिय कान्तिपुर भेट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ।

देशका विभिन्न क्षेत्रमा आएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ग्रुपले प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।

अध्यक्ष सुना सुवेदीको नेतृत्वमा रहेको कान्तिपुर भेट ग्रुपको तर्फबाट उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।

यसअघि भोटेकोशीमा बाढी आएको दिनदेखि नै कान्तिपुर भेटले विपद् प्रभावित क्षेत्रमा निःशुल्क भेटेरिनरी औषधि उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो। सोहीअनुसार कम्पनीले नेपाल भेटेरिनरी एसोसिएसनलगायत विभिन्न निकायमार्फत लाखौँ रुपैयाँ बराबरका भेटेरिनरी औषधि निःशुल्क उपलब्ध गराइसकेको जनाएको छ।

कम्पनीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकसँगै पशुपन्छीको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

WhatsApp-Image-2026-09-03-at-5.18.09-PM-1788435275.jpeg​ ​