१८ माघ, काठमाडौं । सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा भएका छन् । हिजो बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवामा बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा आइतबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको सचिवमा बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस गरेको थियो ।
समितिले सचिवमा बढुवाका लागि दंगाल, मुकुन्दप्रसाद निरौला र विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको थियो ।







