ठिमीका २४ प्रहरी सक्रिय संक्रमित, ४ थुनुवामा पनि कोरोना

असोज ५, काठमाडौं ।
महानगरीय प्रहरी ठिमीमा कार्यरत ६४ प्रहरी कोरोना संक्रमित भइसकेका छन् । यसमध्ये हाल २४ जना सक्रिय संक्रमित छन् भने ४० जना निको भइसकेका छन् ।

प्रहरीका अनुसार चार जना थुनुवामा समेत संक्रमण देखिएको छ । संक्रमितमध्ये नौ जना होम आइसोलेसनमा बसेको र बाँकी खरिपाटीस्थित सेनाको आइसोलेसनमा रहेका छन् ।

प्रहरी प्रधान कार्यालयको सवारी शाखाबाट सरुवा भएर आएका, बिदाबाट फर्किएका र थुनुवा गरी ६ जनामा संक्रमण देखिएको थियो । उनीहरूको कन्ट्र्याक्ट ट्रेसिङ गर्दै जाँदा अन्यमा पनि संक्रमण देखिएको हो ।