माओवादी एमसीसीको विपक्षमा उभिने

४ फागुन, काठमाडौं । आज बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि नेकपा (माओवादी केन्द्र)ले अमेरिकी सहयोग परियोजना एमसीसी नेपाल कम्प्याक्टको विपक्षमा उभिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको दलको बैठकले एमसीसी परियोजनाको विपक्षमा उभिने निर्णय गरेको हो ।