असोज, ५ काठमाडौं । कतारका लागि नेपाली राजदुत नारद भारद्वाजले चार्डरबाट मात्र नेपालीहरुको उद्धार गर्न सम्भव नभएको बताएका छन् । उनले यसका लागि नियमित उडान भएमा मात्र नेपालीको उद्धार हुने बताएका छन्।
उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा उनले श्रमिकको उद्धारका लागि दैनिक ४ वटासम्म फ्लाइट भर्नुपर्ने बताए।
अहिले १६ हजार नेपालीहरु नेपाल फर्किनबाट रोकिएको र चाडबाडमा यो सङ्ख्या झनै बढ्ने उनको भनाइ छ।
राजदुत भन्छन्, सेड्युल फ्लाइट नियमित उडान गरेर मात्र यहाँ रोकिएका १६ हजार नेपालीलाई घर फर्काउन सक्छौँ।
अहिलेसम्म कतारबाट छ हजार सात सय ७८ जनाको उद्धार भएको उनले समितिलाइ जानकारी दिए।
कतारमा ३ लाख ५० हजार नेपाली कार्यरत रहेको उनको भनाइ छ।







