५ असोज, काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा वितेका २४ घण्टामा थप १ हजार १४५ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बितको २४ घण्टामा १ हजार ५ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिए ।
आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ ।







