असोज ६, काठमाडौं ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टिको सचिवालय बैठक आज बस्ने भएको छ । आइतबार स्थगित बैठक मंगलबार साढे १२ बजेदेखि बस्न लागेको हो ।
पेरिसडाँडामा मन्त्रीपरिषद् फेरबदल गर्ने विषयमा छलफल गरी टुंगिएको बैठक सोमबार बस्ने भनिए तापनि मंगलबारलाई सरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटरमार्फत जानकारी गराएका थिए । आजको बैठक भने पेरिसडाँडामा नबस्ने बताइएको छ ।
आइतबारको बैठकमा नेकपाका अध्यक्षमध्येका एक प्रचण्डले अध्यक्षको हैसियतमा बैठक बोलाएका थिए । यस अघि प्रधानमन्त्री निवास बालुवाटार वा पूर्वएमाले कार्यालय धुम्बाराही बस्ने गरेको बैठक पहिलोपल्ट पेरिसडाँडामा बसेको थियो ।







