२८ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको छ ।
निर्वाचन आयोगले शुक्रबार बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसंग स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गरेको थियो ।
छलफलमा सहभागी एमालेका प्रतिनिधिहरुले नेकपा एकीतृक समाजवादी संगै लोकतान्त्रिक समाजवादी पार्टीलाइृ राष्ट्रिय दलको मान्यता दिइएकोमा आपत्ति जनाएको हो ।
गत भदौ २ गते सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पु¥याए दल फुटाउन सक्ने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो । सोही अध्यादेश अनुसार माधव नेपालले एमाले फुटाएर र महत्थ ठाकुरले जसफा फुटाएर नयाँ पार्टी दर्ता गरेका थिए । जसलाई निर्वाचन आयोगले भदौ ९ गते नै मान्यता दिएको थियो ।
अध्यादेश अनुसार पार्टी फुटाउँदा राष्ट्रिय दल हुन सक्ने तर, अध्यादेश फिर्ता भएपछि उक्त पार्टी राष्ट्रिय दल कहिलेसम्म कायम रहने भन्ने विषयमा कानुनी व्यवस्था प्रष्ट नभएको एमालेको तर्क छ ।
कानुनी व्यवस्था प्रष्ट नभएकाले अध्यादेश फिर्ता ंगै नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको राष्ट्रिय दलको मान्यता पनि खारेज भएको नेकपा एमालेका नेता बाबुराम दाहालले बताए ।
‘राजनीतिक दल सम्बन्धी ऐनले अध्यादेश फिर्ता भएपछि राष्ट्रिय दल रहने वा नरहने वा अध्यादेश अनुसार बनेको पार्टी कहिलेसम्म राष्ट्रिय दल रहने भनेर प्रष्ट नभएकाले दुई दललाई राष्ट्रिय दलको मान्यता दिन मिल्दै’ दाहालले छलफलमा रहेका थिए । तर, निर्वाचन आयोगका अधिकारीहरुले एमालेको विषयमा कुनै जवाफ दिएन ।







