असोज ६, काठमाडौं ।
काभ्रेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पनौती नगरपालिकाकी एक ५० वर्षिया महिलाको मृत्यु भएको धुलिखेल अस्पतालले जनाएको छ ।
सोमबार राति उनको मृत्यु भएको हो । संक्रमण पुष्टि भएको १९ दिनपछि उनको मृत्यु भएको अस्पतालको भनाइ छ । उनको उपचार भेन्टिलेटरमा राखेर भइरहेको थियो । उनी आमाशयको क्यान्सरबाट पीडित थिइन् ।
यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जसमा तीन महिला र दुई पुरूष छन् । जिल्लामा हाल १ सय ५३ सक्रिया संक्रमित छन् । जसमध्ये ९४ जना संस्थागत र बाँकी होम आइसोलेसनमा बसिरहेका छन् ।







