संसद बैठक : प्रधानन्यायाधीश राणाविरुद्धकाे महाअभियोगमाथि छलफल हुँदै

२९ फागनु, काठमाडौँ । प्रधानन्यायाधीश (हाल निलम्बित) चोलेन्द्र शमशेर जबराविरुद्धकाे महाअभियोगमाथि संसद्‌मा आज आइतबारदेखि छलफल अघि बढ्ने भएको छ।

आइतबारका लागि बाेलाइएकाे प्रतिनिधिसभा बैठकको सम्भावित दैनिक कार्यसूचीमा जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख गरिएको छ ।

जबराविरुद्ध फागुन १ गते सत्ता गठबन्धनका दलहरुले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमा गठबन्धनका ९५ सांसदहरूले समर्थन जनाएका थिए ।

यस्तै, आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन, २०७८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।