एमालेको पोलिटब्युरो बैठक आज बस्दै, यी हुन् एजेन्डा

७ चैत्र, काठमाडौं । नेकपा एमालेले पोलिटब्युरो बैठक आज बस्दै छ । मंसिरमा भएको १०औं महाधिवेशनपछि एमाले प‍ोलिटव्युरोको बैठक पहिलोपटक बस्न लागेको हो ।

बिहान ११ बजे बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक बस्ने बताइएको छ । बैठकमा स्थानीय तहको निर्वाचनको रणनीतिबारेमा बृहत् छलफल गर्ने तयारी छ।

बैठकले यही चैत ९ गतेदेखि सुरु हुने केन्द्रीय कमिटीका बैठकका एजेन्डाको टुंगो गर्ने भएको छ।एमालेले स्थानीय निर्वाचनको रणनीति बनाउन सोमबार पोलिटव्युरो तथा ९ र १० गते केन्द्रीय कमिटी बैठक राखेको छ ।