सार्वजनिक कार्यक्रममा ५ जना मात्र वक्ता राख्न र खादामाला कम गर्न ओलीको आग्रह


१० चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा अधिकतम ५ जनालाई मात्र मञ्चमा वक्ता बनाउन र खादामालाको प्रयोग कम गर्न आग्रह गरेका छन् ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले धेरै जना नेतालाई आसनग्रहण गर्न जरूरी नहुने पनि बताए । उनले भने, ‘माला र खादाको तमासा नगरौं,’ ‘स्थानीय फूलहरू प्रयोग गरौं। फूलको माला प्रयोग गरौं।’

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार अधिकतम ५ जना मात्र बक्ता राख्न र उनीहरुलाई मात्र मञ्चमा राख्न, त्यस्तै खादामाला कम गर्न निर्देशन दिइएको छ ।