निर्वाचन आयोगले देशभरका स्थानीय तहमा तोक्यो निर्वाचन अधिकृत (सूचीसहित)

१३ चैत्र, काठमाडौं । निर्वाचन आयोगले स्थानीय चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।

आयोगले आज गोरखापत्रमा सूचना निकालेर मुख्य निर्वाचन र निर्वाचन अधिकृत नियुक्ति  ताेकेकाे हाे ।

जिल्ला न्यायाधीशहरूलाई ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोकिएको हो । 

पालिकामा भने निर्वाचन अधिकृत तोकिएको छ । 

०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तह निर्वाचन हुँदैछ। खटाइएका ठाउँ जानुअघि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई अभिमुखीकरण दिइनेछ।