भक्तपुरमा १५ वर्षीया किशोरी बलात्कृत

चैत्र १३ भक्तपुर । भक्तपुर नगरपालिका–६ स्थित डेकोचाबाट प्रहरीले बलात्कार आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–४ मैदी घर भएका २२ वर्षीय राज परियार छन् ।

भक्तपुर परिसरका डिएसपी राजु पाण्डेले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार राति उनलाई पक्राउ गरिएको बताए ।

१५ वर्षीया किशोरी र राजु गाउँबाट काठमाडौंमा आएर लिभिङ टुगेदर बस्न थालेका थिए ।

उमेर नपुगेका कारण विवाह गर्नेबारे असमझदारी भएपछि किशोरीका परिवारले उनीविरुद्ध बलात्कारको उजुरी दिएका हुन् ।