६ असोज, काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा भाइरसका कारण मृत्यु हुनेको संख्या ४२९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोनाको कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु भएकामध्ये १ जना पुरुष र १ जना महिला रहेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमित र मृतक संख्या बढिरहेको छ ।







